भारतमा गैरकानुनी रुपमा बसेको भन्दै एक नेपाली महिला पक्राउ

काठमाडौं । भारतमा गैरकानुनीरुपमा बसेको भन्दै एक नेपाली महिलालाई गिरफ्तार गरिएको छ । भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्र गैरकानुनी रुपमा बसेको भन्दै ती नेपाली महिलालाई पुलिसले गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नवलपरासी स्थायी ठेगाना भएकी २६ वर्षीया महिलालाई एक आर्मी अफिसरको निवासमा बसेको भन्दै अनुसन्धान सुरु गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती महिलाले मार्च २३ मा पर्खाल नाघेर बसेको बयान पुलिसलाई दिएकी छन् ।

आर्मी अफिसर र महिलाबीच परिसर बाहिर भेट भएको अनुसन्धानमा खुलेको छ । महिलालाई मंगलबार अदालतमा पेश गरिएको छ । आर्मी अफिसरको संलग्नताका विषयमा पनि अनुसन्धान सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार