जनकपुरमा अनियन्त्रित कार नहरमा खस्दा चालकको मृत्यु

जनकपुरधाम । धनुषामा कार अनियन्त्रित भएर नहरमा खस्दा चालकको मृत्यु भएको छ। शुक्रबार बिहान जनकपुरधामको मुजेलियामा पुलबाट बा २० च ६८३१ नम्बरको कार नहरमा खस्दा धनुषाधाम नगरपालिका-१९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको धनुषाका ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेले जानकारी दिए।

कार चालक अपांग रहेको र उनको लापरबाहीको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। चालकको बायाँ हात प्यारालाइज्ड थियो,’ ट्राफिक प्रमुख न्यौपानेले भने, कार पुलनजिक आइसकेको समयमा फोन आएको र त्यही क्रममा गाडी नियन्त्रण गर्न नसकेपछि दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका शर्माको प्रादेशिक अस्पताल जनकपुर पुग्नासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। उनको शव अहिले पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। गाडीमा चालकमात्रै थिए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार