ट्याक्टर चढ्ने क्रममा लडेर एक युवकको निधन

उदयपुर । उदयपुरको लिमचुङबुङका एक युवकको ट्याक्टर दुर्घटनामा परेर निधन भएको छ। जिल्लाको पहाडी गाउँपालिका लिमचुङबुङ ३ सिर्वानी तीनचोकेका ३४ वर्षीय पदम रानामगर ट्याक्टर चढ्ने क्रममा लडेर बिहीबार राति निधन भएको प्रहरीले जनाएको छ।

राति ८ः०० बजे ना ६ त १९०८ नं. को ट्याक्टरमा चढ्न खोज्दा पछाडिको डालाबाट लडेर मगर गम्भीर घाईते भएका थिए। उपचार गर्न लाने तयारी गर्दागर्दै उनको घट्नास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय लिमचुङबुङलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।

ट्याक्टर र चालक दुवैलाई नियन्त्रणमा लिएर इप्रका लिमचुङबुङले आवश्यक अनुसन्धान कारबाही अघि बढाएको छ। विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली पठाइएको छ भने मृतकको शव पोष्टमार्टमका लागि सदरमुकम ल्याउने तयारी भईरहेको छ। nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार