चन्द्रागिरिको बसुण्डोलमा १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पक्राउ

काठमाडौँ । काठमाडौंको चन्द्रागिरिमा १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पक्राउ परेका छन्। सोमबार साँझ साढे ६ बजे चन्द्रागिरि नगरपालिका-२ बसुण्डोलकी १४ वर्षीया बालिका बलात्कृत भएकी हुन्। उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले घटना भएको केही समयमै युवकलाई पक्राउ गरेको बताए। पक्राउ पर्नेमा हुम्ला ताजाकोट गाँउपालिका-२ घर भई सोही ठाउँ बस्ने सुरेश लोहार हुन्। प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार लोहारले बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित टहरा घरमा जबरजस्ती करणी गरेका थिए।

उनीहरू छिमेकी हुन्। घटनापछि आफन्तहरूले खबर गरेपछि हामीले पक्राउ गरी ल्यायौं,ुउनले भने।उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार