बारामा जीप दुर्घटना हुुँदा एक महिलाको मृत्यु

जनकपुरधाम । बारामा जीप दुर्घटना हुुँदा एक महिलाको मृत्यु भएको छ। बाराको पिलुवा कलैया सडकखण्डको बेलवाडी श्रीपुरमा आज जीप दुर्घटना हुँदा जीतपुर सिमरा उपमहानगरपालिका १७ जैतापुरकी ४० वर्षीया सुखी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाराको जैतापुरबाट कलैया जाँदै गरेको ना १ ज २८७९ नम्बरको जीप कलैया उपमहानगरपालिका २४ को बेलवाडीमा सडक नजिकै रहेको विद्युत्तीय पोलमा ठोक्किएर दुर्घटना भएको हो। जीप तिव्र गतिमा रहेका कारण घुमाउरो सडकमा अनियन्त्रित हुँदा पोलमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक रामभजनलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।दुर्घटनामा चालक रामभजन धामी, सावित्री चौधरी, सरस्वती धामी लगायत गम्भीर घाइते भएका छन्। घाइते अन्यको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ। उनीहरुको वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार