बुटवलमा ६ लाख नगदसहित ६ जुवाडे पक्राउ

बुटवल । बुटवलमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरिएको छ। बुटवल उपमहानगरपालिका वडा नं. ११ माझगाउँस्थित होन्डा होटलमा जुवातास खेलिरहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो।

सोमबार दिउँसो सवा तीन बजेतिर सुराकीको आधारमा गएको प्रहरी टोलीले बुटवलका विभिन्न स्थानमा बस्ने ६ जनालाई जुवातास खेल्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ६ लाख रुपैयाँ समेत बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा बुटवल ४ का ४४ वर्षीय होम क्षेत्री, बुटवल ११ का २८ वर्षीय राजेश रसाइली, २६ वर्षीय कुशल थापा, २७ वर्षीय आकाश खत्री, ३७ वर्षीय धीरज प्रधान र बुटवल ९ का ३५ वर्षीय संविधान खत्री छन्। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार