ब्राउन सुगर र गाँजा सहित ८ युवा र १ युवती पक्राउ

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ बाट प्रहरीले ब्राउन सुगर र गाँजासहित ९ जनालाई मंगलबार राति पक्राउ गरेको छ।लागुऔषध कारोबार र सेवन भइरहेको भन्ने थाहा पाएपछि पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले मंगलबार राति १० बजेतिर ८ युवा र १ युवतीसहित ९ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार उर्लाबारी–७ स्थित छोमाइ तामाङको घरमा लागुऔषध ब्राउन सुगर र गाँजा बिक्री वितरण र सेवन गर्दैगर्दा पक्राउ गरेको हो।

उर्लाबारी–७ का २१ वर्षीय ममता तामाङ, ४२ वर्षीय मिलन याक्सो, १९ वर्षीय असिम लिम्बू, उर्लाबारी–९ का २८ वर्षीय आकाश लिम्बू तथा रतुवामाई नगरपालिका–८ का २२ वर्षीय रूमपमान केदेम (लिम्बू), रतुवामाई–९ का २५ वर्षीय मञ्जिल बस्नेत र रतुवामाई–१० का १९ वर्षीय एन्जिल मगर पक्राउ परेका छन्।त्यस्तै झापा दमक नगरपालिका–४ का ३० वर्षीय सुमन सुनुवार र दमक–७ का १९ वर्षीय ससिन सेखलाई लागुऔषधसहित पक्राउ गरेको डिएसपी राईले जानकारी दिए ।

पक्राउ परेकाहरूबाट लागुऔषध ब्राउन सुगर ४ ग्राम ७ सय २७ मिलिग्राम र १ सय ८४ ग्राम २ सय ३० मिलिग्राम गाँजासहित को २६ प १८५६, प्र–१–०१–०१२प ६३१३, को३४प २६७, बा५३प १४२४ र मे२प ५७७० नम्बरका मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई थुनामा राखि थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ। nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार