बुुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु

रुपन्देही । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कार्तिक १६ गते कोरोना पुष्टि भएकी महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

रोल्पाकी ७७ वर्षीया ती महिलाको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । डा.गौतमका अनुसार उनमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको थियो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार