अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा एक पक्राउ

सिरहा । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो । हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार