नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय उपाध्यक्ष बुढाथोकीको निधन

दाङ । नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय उपाध्यक्ष चिन्ताबहादुर बुढाथोकीको निधन भएको छ। उनको गए राति कोहलपुर मेडिकल कलेजमा निधन भएको हो। कोरोना संक्रमणपछि उनको उपचार भइरहेको थियो।

उनको गए राति ११:५० बजे निधन भएको बाँकेमा कोरोना संक्रमण सम्बन्धी फोकल पर्सन नरेश श्रेष्ठले बताए। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण गर्दा कात्तिक २६ गते उनमा कोरोना देखिएको थियो।

६७ वर्षीय बुढोथोकीलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर लगिएको थियो। उनलाई केही समयदेखि उच्च रक्तचापको समस्या पनि देखिएको थियो।

उनी नेपाल शिक्षक संघ दाङको अध्यक्ष, नेपाल शिक्षक संघको केन्द्रीय उपाध्यक्ष, नेपाल शिक्षक यूनियन दाङको जिल्ला अध्यक्ष, जिल्ला शिक्षा समिति दाङको सदस्य, सार्क स्तरीय शिक्षक युनियनको कोषाध्यक्षसमेत भएका थिए।

यस्तै कोरोनाले दाङ तुलसीपुर उपमहानगर ९ बेलुवाका ६८ वर्षीय एक जना पुरूषको पनि निधन भएको छ। मंसिर ४ देखि कोहलपुर मेडिकल कलेजमा उनको उपचार जारी थियो। उनको गए राति निधन भएको हो। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार