उदयपुरको ताप्ती गाउँपालिका कार्यालयमा बम बिस्फोट

त्रियुगा । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ। नचिनेका मान्छेको समूहले गएराति कार्यालयको बरण्डामा बम बिस्फोट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

एसपी भीम दाहालका अनुसार ताप्ली गाउँपालिकाको कार्यालय रुपाटारमा नचिनेका मान्छेको समूहले गएराति बम बिस्फोट गराएको र घटनामा संलग्नहरुको खोजी भइरहेको बताएका छन् ।

बिस्फोटबाट टेबल, कुर्सी र भवनमा सामान्य क्षति पुगेको दाहालले बताएका छन् । बिस्फोट कसले गराएको भन्ने खुल्न सकेको छैन । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार