बिपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् दुई कोरोना संक्रमितको मृत्यु भएको छ। इलामका २५ वर्षीय युवा र सुन्दरहरैंचा नगरपालिकाका ६७ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार इलाम-१ का युवाको उपचारको क्रममा आइतबार राति साढे ९ बजे मृत्यु भएको छ। उनी गत ५ गते बिपीमा भर्ना भएका थिए। उनी निमोनियाका बिरामी थिए।

यस्तै, मोरङको सुन्दरहरैंचा नगरपालिकाका वृद्धको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको छ। उनी मंसिर १ गते प्रतिष्ठानमा भर्ना भएका थिए। उनको बिहान साढे ६ बजे उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। उनी सुगरका बिरामी थिए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार