मेलवर्नबाट दुई सातादेखि नेपाली युवक बेपत्ता

सिड्नी । दुई साता देखि मेलवर्नबाट एक जना नेपाली युवा बेपत्ता भएका छन्।बेपत्ता नेपाली युवकको नाम आकाश श्रेष्ठ हो। भिक्टोरिया प्रहरीले १९ नोभेम्बरमा प्रेस विज्ञप्ति जारी गर्दै २७ वर्षिय श्रेष्ठ १३ नोभेम्बर शुक्रबारदेखि हराइरहेका जानकारी दिएको छ।

आकाशले अन्तिम पटक शुक्रबार साँझ टेक्स्ट मेसेज मार्फत परिवारसँग सम्पर्क गरेका थिए। मेसेजमा आकाशले त्यही साँझ घरमा फर्कने बताएका थिए।दुई साता बित्नै लाग्दा पनि आकाश परिवारको सम्पर्कमा नआएपछि प्रहरीले खोजी कार्य सुरु गरेको हो। प्रहरीले आकाशको खोजी गरिदिन सबै समुदायसँग सहयोग मागेको छ।

प्रहरीले आकाशलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय वा इष्ट मेलवर्न प्रहरी कार्यलयमा सम्पर्क गर्न आग्रह गरेको छ। प्रहरीले आकासको पृष्ठभूमि र व्यक्तिगत विवरण खुलाउन नसकिने जनाएको छ। तर, गैर आवासिय नेपाली संघ भिक्टोरियाका अध्यक्ष प्रेम कँडेलले भने श्रेष्ठ थर भएको र प्रहरीले जारी गरेको तस्बीरको आधारमा नेपाली विद्यार्थी हुनसक्ने आशंकामा खोजीनीति सुरु गरिएको बताए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार