भरुवा बन्दुकसहित एक पक्राउ

कपिलवस्तु । कपिलवस्तु बिजयनगर गाउँपालिका नेउलागंजबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। स्थानीय ४९ वर्षीय जोखु थारु भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। प्रहरीले गोप्य सूचनाका आधारमा जोखुको घरमा खानतलासी गर्दा भरुवा बन्दुक फेला परेको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीले बताए। पक्राउ परेका अभियुक्तमाथि हातहतियार तथा खरखजना मुद्दा चलाइने उनले बताए।

यस्तै कपिलवस्तु बिजयनगर गाउँपालिका–४ त्रिपालनगरमा एक जना विप्लव कार्यकर्ता पक्राउ परेका छन्। प्रहरी गस्ती टोलीले त्रिपालनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको पैदलयात्री स्थानीय वर्ष ३९ का देवराज देवकीलाई पक्राउ गरेका हो। शंका लागि निजको शरीर तथा झोला चेकजाँच गर्दा विप्लव समूहको झण्डा र पर्चासहित फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्बाहीका लागि ईलाका प्रहरी कार्यालय गणेशपुर राखिएको भन्डारीले बताए। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार