पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने देशभर सक्रिय संक्रमित १७ हजार ८५९ रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ भने निको हुने दर ९१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार