शिकार खेल्न गएका राउटे किशोरको भिरबाट लडेर मृत्यु

कर्णाली । बाँदरको शिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मंगलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मंगलबार साँझै गाडिसकेको बताए । आफ्ना सदस्यको मृत्यु भएसँगै राउटे समुदाय बस्ती सर्ने तयारीमा जुटेको छ । राउटेहरुमा समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने प्रचलन छ ।

हाल यो समुदाय चिङ्गाड गाउँपालिका–५ मा पर्ने मेटलाखोला किनारमा छ । जङ्गलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको सङ्ख्या १ सय ४५ रहेको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार