नागढुङ्गामा ट्रकले किचेर सोही ट्रकका साहुको मृत्यु

काठमाडौं । काठमाडौंको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नम्बरको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मंगलबार मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक जेजङ्ग कार्कीले ट्रकभरि सामान लिएर आएको उक्त ट्रकलाई मोड नपुगेपछि साहु विष्ट ट्रकबाट झरेर मोड मिलाउन खोज्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको जानकारी दिए । प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार