काठमाडौं । सडक दुर्घटनामा परी चितवन मेडिकल कलेज भरतपुरमा भर्ना भएका नवलपुरका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालका अनुसार नवलपुर जिल्लाको गैंडाकोटा नगरपालिका–८ का ६० वर्षीय पुरूषको उपचारको क्रममा बुधबार बिहान ३ः३० बजे मृत्यु भएको हो ।
डा.लम्सालका अनुसार कत्तिक २९ गते सडक दुर्घटनामा परी भर्ना भएका उनीमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कलेजकोआईसीयू कक्षको भेन्टिलेटरमा राखेर उनको उपचार गरिए पनि बचाउन नसकिएको डा.लम्सासले बताए ।अनलाइनखबरबाट साभार