कोरोनाबाट बुटवलमा एक बृद्धाको मृत्यु

रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ९ की ८५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

गौतमका अनुसार गत कात्तिक १४ गते संक्रमण पुष्टि भएकी ती महिलालाई २८ गते अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको आज बिहान २ बजेर ४३ मिनेटमा मृत्यु भएको हो । मृतकमा मधुमेह र निमोनियाको समस्या रहेको डा.गौतमले जानकारी दिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार