बेनीबाट भैरहवा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। बेनीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस बिहीबार दिउँसो पौने १ बजे आँबुखैरेनी गाउँपालिका-३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो।

तनहुँका प्रवक्ता प्रहरी निरीक्षक सविता केसीले बस पुलबाट तल खसेको जानकारी दिइन्। बसले विपरीत दिशातर्फ जाँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरलाई पनि ठक्कर दिएको थियो। उनका अनुसार स्कुटरमा रहेका एक बच्चासहित तीन जना घाइते छन्।

बसमा १७ जना थिए। त्यसमध्ये चालक र सहचालकसहित १४ जना घाइते छन्,उनले भनिन्,स्कुटरमा रहेका तीन जना गरी कुल १७ जना घाइते छन्। घाइतेहरूको आँबुखैरेनीस्थित अस्पतालमा उपचार गरिएको छ।केही घाइतेलाई थप उपचारका लागि भरतपुर पठाइएको उनले बताइन्।दुई जना घाइतेलाई चितवन मेडिकल कलेज र एक जनालाई पोखरास्थित अस्पताल पठाइएको प्रहरीले बताएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार