एमसीसी छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अमेरिकी सहयोग मिलिलियम च्यालेन्च कर्पोरेसन (एमसीसी) छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेको छ । बिहीबार महासंघको ५४ औं साधारणसभाको उद्घाटन सत्रमा बोल्दै महासंघकी अध्यक्ष भवानी राणाले यस्तो माग गरेकी हुन् ।

मुलुकको आर्थिक तथा व्यवहारिक रुपान्तरणका लागि उद्योग, कल कारखाना तथा पू्र्वाधार क्षेत्रको विकास अपरिहार्य रहेको बताउँदै अध्यक्ष राणाले सो लगानी बिना असम्भव भएकाले विदेशी लगानी समेत भित्र्याएर सरकार र निजी क्षेत्र अघि बढ्नु पर्ने बताइन् ।

‘हामीसँग विकास निर्माणका प्रयाप्त सम्भावनाहरु छन् । काम गर्ने सशक्त युवा जमातको पनि ठूलो शक्ति छ । केबल हामीसँग कमी भएको भनेको लगानी मात्र हो । यसका लागि स्वदेशी लगानीको साथसाथै अब हामी विदेशी लगानी भित्र्उन समेत अग्रसर हुनुपर्छ ।’ अध्यक्ष राणाले भनिन्, ‘एमसीसी जस्ता दातृ निकायको सहयोग अहिलेको हाम्रो आवश्यकता हो । एमसीसीमा देखिएको राजनीतिक विवाद तत्काल समाधान गरी छिटो भन्दा छिटो लगानी भित्र्याउन हामी निजी क्षेत्र सरकारसँग आग्रह गर्छौँ ।’

साथै अध्यक्ष राणाले लगानीसँगै मुलुकको विकास निर्माणका कामहरुमा ढिला सुस्ति तथा अबरोधका कारण आयोजनाको लागत बढ्ने र मुलुकलाई आर्थिक भार पर्ने हुँदा यो समस्या समाधानमा सरकार लाग्नु पर्ने बताइन् । विकास निर्माणका आयोजनाहरु तोकिएकै समय र लागतमा सम्पन्न गर्न फास्टट्याकमा जानुपर्नेमा समेत उनले जोड दिइन् ।

यता प्रधानमन्त्री ओलीले एमसीसीलाई नै जोड दिँदै विकास निर्माण र संवृद्धिका कुरा गर्ने तर विदेशी लगानी रोक्न खोज्ने गलत प्रवृद्धि भएको जिकिर गरे । हाल ६० अर्ब रुपैयाँ बराबरको अमेरिकी आर्थिक सहयोग एमसीसी राजनीतिक विवादकै कारण पारित हुन सकेको छैन । अमेरिकाले सशर्त अनुदानमा दिने सो रकम विद्युत ट्रान्फर्मर तथा अन्तरदेशीय विद्युत प्रसारण लाइनमा खर्च गर्ने योजना रहेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार