लम्बोदर न्यौपानेलाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । भक्तपुर जिल्ला अदालतले नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

१० मंसिरमा न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँ चण्डोलस्थित उनकै घरबाट पक्राउ गरेको थियो । क्याम्पस सञ्चालक समितिको अध्यक्ष हुँदा न्यौपानेले अनाधिकृत रुपमा रकम हिनामिना गरेको र गाडी किनेर आफ्नो नाममा नामसारी गरेर ठगी गरेको आरोप लागेको छ ।

कलेजको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर भएपछि न्यौपाने फरार थिए । फरार रहेका न्यौपानेलाई बुधबार सीआईबीको टोलीले घरबाटै पक्रेको हो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार