नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

काठमाडौँ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद प्रसाद ढकाल निर्वाचित भएका छन् । आइतबार विहान सार्वजनिक मत परिणाम अनुसार प्रतिस्पर्धी किशोर प्रधानलाई पछि पार्दै ढकाल विजयी भएका हुन् ।

ढकालले ५४.६२ प्रतिशत मत प्राप्त गरेरका छन् । ढकालका प्रतिद्वन्द्वी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरेका थिए । ढकालले एसोसिएटमा पाँच सय २२, वस्तुगतमा ५९ र जिल्ला नगरमा ५२ मत ल्याएका थिए । प्रधानले एसोसिएटमा तीन ७५ मत, वस्तुगतमा ३९ र जिल्लानगरमा ५३ मत ल्याएका थिए । महासंघमा एसोसिएटको ३० प्रतिशत मतभार, वस्तुगतको २० र जिल्ला नगरको ५० प्रतिशत मतभार हुन्छ ।

वरिष्ठ उपाध्यक्ष निर्वाचित भएपछि महासंघको विधान अनुसार ढकाल अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् । महासंघको साधारण सभाबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष भएका छन् ।

वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । तीन उपाध्यक्ष मध्ये एक उपाध्यक्ष ढकाल प्यानल र दुई उपाध्यक्ष प्रधान प्यानलबाट विजयी भएका छन् । संघई ढकाल, श्रेष्ठ द्वय प्रधान प्यानलका हुन् ।

निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले अब आँफूले निजी क्षेत्रको उत्थानकालागि काम गर्ने बताए । महासंघको निर्वाचनमा प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा भएको भए पनि अब गुटको अन्त्य भएको ढकालको टिप्पणी छ ।

बागलुङमा जन्मिएका ढकाल आईएमई समूह, ग्लोबल आईएमई बैंकका अध्यक्ष हुन् । सामान्य परिवारमा जन्मिएका ढकालले सानो व्यवसाय हुँदै कर्पोरेट व्यवसायमा पुगेका हुन् । ढकाल बैंक, रेमिटेन्स, पर्यटन, जलविद्युत, अटोमोबाइल, केवलकार, सूचना प्रविधि लगायत दर्जनौ क्षेत्रमा उनको लगानी रहेको छ ।nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार