मोरङमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

को २१ प ५९९१ मोटरसाइकललाई समान दिशामा गइरहेको प्रदेश १–०१–००१ ख ३४१० नम्बरको बसले सलकपुर चोकमा आइतबार बिहान ८ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैंचा–७ का ४० वर्षीय बिजेस लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते लिम्बुको विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार