भक्तपुर र बागलुङबाट ११ जुवाडे पक्राउ

काठमाडौं । भक्तपुर र बागलुङबाट ११ जुवाडे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोल मालीगाँउस्थित मालीगाँउ भिलेज होटलबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ३९ वर्षीय राजु तामाङ लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १३ हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बागलुङको बागलुङ नगरपालिका-२ हाडेपाखा बस्ने चन्द्र प्रसाद गैरेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय यम बहादुर केसी लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार रुपैयाँ र तीन बुक तास फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकामाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार