१२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ

काठमाडौं । १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीले भक्तपुर दुवाकोट बस्ने २० वर्षीय श्याम केसीलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर, भक्तपुरले दोलखा भिमेश्वर नगरपालिका-७ मानेका केसीलाई शनिबार पक्राउ गरेको हो। उनले १२ वर्षीया बालिकामाथि गत साउन १८ गते बलात्कार गरेको भन्ने खबर प्रहरीले शनिबार दिउँसो पाएको थियो।

सो खबर पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार