बाँकेमा स्थानीय समूहबीच झडप हुँदा एकको मृत्यु ,९ घाइते

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा पर्ने बनियाँ गाउँमा गएराति भएको झडपमा एकजनाको मृत्यु भएको छ । ९ जना भाइते भएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले जानकारी दिए ।

पुरानो रिसिबीलाई लिएर यादव र गुप्ता समूहका स्थानीयबीच झडप हुँदा ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको छ । टाउँकोमा गम्भीर चोट लागेका उनको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबारको गुरुवा गाउँमा लागेको मेलामा पुगेका बाबुलाल यादवको समूह र नरेश गुप्ता समूहबीच झडप भएको थियो । दुबै समूहले लाठी, भाटा र घरेलु हतियारको प्रयोग गरेका थिए ।

घाइते ९ जना खतरा मुक्त छन् । उनीहरुको नेपालगञ्जका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोछ । केही फरार भएका छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार