धरानबाट ब्राउन सुगरसहित २ जना पक्राउ

सुनसरी । अवैध लागु पदार्थ ब्राउनसुगरसहित दुई युवा धरानबाट पक्राउ परेका छन । धरान–३ का रेहान अन्सारी र विक्की श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ८ सय ८५ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

प्रहरीले रेहानलाई ३५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको आधारमा सोधपुछ गर्दा विक्कीबाट खरिद गरेको जानकारी पाएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो।

प्रहरीका अनुसार रेहान प्रयोगकर्ता हुन् भने विक्की कारोबारी हुन् । उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान सुरू गरिएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार