रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन भन्ने ४५ वर्षीय तेजनारायण दासलाई गएराती प्रहरीले पक्राउ गरेको हो ।

लामो समयदेखि लुकिछिपी बसेका र सोमबार साँझ आफ्नै गाउँमा जन्ती हेर्न घरबाट बाहिर निस्किँदा दासलाई स्थानीयहरुले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।

सोही सूचनाको आधारमा अस्थाई प्रहरी छेदिचौक बाट गएको टोलीले अभियुक्त दासलाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले जानकारी दिए ।

निजलाई आवश्यक कार्वाहीको लागि आजै जिल्ला अदालत गौरमा हाजिर गराउने एसपी शाहले जानकारी दिएका छन् । आरोपी दास गत बैशाख ७ गते राती कटहरिया नपा वडा नं१ भसेडवा बस्ने सन्दिप यादवलाई कुटपिट गरी ज्यान मारेर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार