वरिष्ठ गायक जगतमर्दन थापा भेन्टिलेटरमा

काठमाडौँ । वरिष्ठ गायक जगतमर्दन थापाको थापाथलीमा रहेको नर्भिक अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिँदै छ । ८५ वर्षीय गायक थापा कोरोना संक्रमणपश्चात् २४ दिनदेखि अस्पतालमा उपचारत छन् ।

एक साताअघि नै कोरोना मुक्त भएपछि सामान्य अवस्थामा फर्केका थापाको छातीमा अचानक समस्या देखिएपछि हालसम्म पनि भेन्टिलेटरमै राखेर उपचार भइरहेको उनका छोरा मोहितमर्दन थापाले कान्तिपुरसँगको कुराकानीमा बताए ।

नेपाली गीत संगीतमा अनवरत रुपमा लागेका सर्जक थापाको स्वास्थ्यस्थितिबारे सरकार तथा सरोकारवालाले चासो देखाएर उनको योगदानको हिसाब बुझ्नुपर्ने लेखक प्रकाश सायमीले सामाजिक सञ्जालमार्फत धारणा राखेका छन् । ८५औं जन्मोत्सवको अवसरमा छैठौं एल्बम तयारी गर्ने व्यस्तताको क्रममा नै थापा अस्वस्थ भएका हुन् । ekantipur बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार