कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । पाल्पाको बगनासकालीका ३८ वर्षीय र स्याङ्जाको गल्याङका ३९ वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा आज मृत्यु भएको हो ।

पाल्पाका पुरुष मंसिर १४ गते र स्याङ्जाका पुरुष मंसिर १ गते अस्पताल भर्ना भएका थिए । दुबैजनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार