सप्तरीमा माहुरीको टोकाइबाट एक गर्भवती महिलाको मृत्यु

राजविराज । माहुरीको टोकाइबाट २४ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका-१, रुपनीकी २४ वर्षीया रमिला यादवको माहुरीको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शम्भुनाथ १ खोक्सरस्थित खेतबाट घर फर्किदै गरेकी महिलालाई हिजो दिउँसो माहुरीले टोकेको थियो । एकैसाथ सयौँ माहुरीले टोकेर सिकिस्त भएकी उनलाई युनिक अस्पताल भर्ना गरिएको थियो । ६ महिने गर्भवती उनको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक महिलाका ५ वर्षका छोरा छन् । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार