उदयपुरको कटारीमा बम विस्फोट हुँदा चारजना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा शक्तिशाली बम विस्फोट हुँदा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालका अनुसार गएराती बम विस्फोट हुँदा भाग्ने क्रममा चारजना मजदुर घाइते भएका हुन् । ‘बम विस्फोटमा परेर होइन,’ उनले भने, ‘विस्फोट भएपपिछ भाग्ने क्रममा लडेर चारजना मजदुर घाइते भएका छन् । ’

बम विस्फोट कसले गराएको ? किन गराएको भन्ने बारे अज्ञात रहेको प्रहरीको भनाइ छ । घाइते चारैजनलाई कटारी अस्पताल ल्याइएको र घाइतेको अवस्था सामान्य रहेको एसपी दाहालको भनाइ छ । ‘प्रहरीको टोली जाँदै छ,’ उनले भने, ‘प्रहरीको टोली पुगेपछि सम्पूर्ण क्षतिको विवरण आउँछ ।’ नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार