सिन्धुलीमा अटो दुर्घटना हुँदा तीन वर्षीय बालकको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई १४ रानीबासमा बिहीबार राति अटो दुर्घटना हुँदा तीन वर्षीय बालकको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका १४ तल्लो रानीबासमा प्रदेश २–०२–००१ ह ६८७ नम्बरको अटो अनियन्त्रित भई सडकको नालामा पल्टिएर बिहीबार राति दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका ६ बस्ने ४० वर्षीय हेम कुमरका ३ वर्षीय छोरा भुबन कुमरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनको सुभस्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका हेम कुमर समेत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार