म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण

म्याग्दी । म्याग्दीमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कन्त्याक्ट ट्रेसिङमा परेका र शंकास्पद बिरामीहरुको मंसिर १६ गते संकलन गरिएका १४ वटा नमुनाको पिसिआर रिपोर्ट अनुसार गुल्मी, तनहुँ र रुपन्देही स्थायी ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष ३४, ३२ र ३४ का ३ जना पुरुष, बाग्लुङ ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष ४४ का १ जना पुरुष तथा बेनी ७ बस्ने वर्ष ४०, १०, ३२ र ४८ का ४ जना पुरुष तथा बेनी १ का वर्ष ३० का १ जना पुरुष गरी जम्मा ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार