कटुवा पेस्तोलसहित एक पक्राउ

काठमाडौँ । कटुवा पेस्तोलसहित मोरङको सुनवर्शीबाट एक व्यक्ति पक्राउ परेका छन्। सुनवर्षी नगरपालिका-५ झुगी चोकबाट ४१ वर्षीय राजकुमार मण्डललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

उनले कम्मरमा भिरेको कटुवा पेस्तोल, त्यसको दुई राउन्ड गोली र १९ हजार ३२५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

हतियारसहित गतिविधि गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटिएको थियो। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार