झुठ फैलाएर ठग्न खोज्ने २ जना पक्राउ

काठमाडौं । त्रिकोण आकारको थुरमीमा ‘तान्त्रिक शक्ति छ’ भनेर सामाजिक सञ्जालमा भिडियो बनाएर महङ्गोमा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले भ्रम फैलाउने मकवानपुर घर भएका जीवन प्रजा र ओखलढुंगाका जय गिरीलाई पक्राउ गरेको हो ।

४५ वर्षीय प्रजा झाक्री काम गर्छन् । ४३ वर्षीय गिरीसँग मिलेर उनले पित्तलको थुरमीलाई चामल भएको माटाको भाँडोमा गाडेर भ्रम फैलाउने गरेका थिए । चामलमा गाडेपछि थुरमी उचाल्दा माटोको भाँडो समेत उचालेको भिडियो बनाएर उनीहरुले अलौकिक शक्ति भएको भन्दै फेसबुकमा प्रचार गरे ।

सो थुरमी घरमा राख्दा राम्रो हुने भन्दै ५० हजारमा बेच्ने प्रयास गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता ९एसपी० प्रज्वल महर्जनले रातोपाटीलाई बताए । कुपण्डोलबाट पक्राउ गरिएका दुई आरोपीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार