मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदल यात्रुको मृत्यु भएको छ ।

बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाडौंको आलोकनगर निवासी ७० बर्षीय लोकनाथ धितालको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

धितालको गएराति पौने १० बजे सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार