११ वर्षपछि करणी मुद्दामा १० वर्ष कैद तोकिएका अभियुक्त पक्राउ

दाङ । बाँके प्रहरीले जवरजस्ती करणी मुद्दाका एक जना फरार अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको छ। बाँकेको साविक लक्ष्मणपुर गाविस वडा नं. १ र हाल नरैनापुर गाउँपालिका वडा नं. २ का ३४ वर्षीय हेमन्तकुमार शर्मालाई प्रहरीले पक्राउ पछि मंगलवार सार्वजनिक गरेको छ।

इलाका प्रहरी कार्यालय भगवानपुरवाट खटिएको प्रहरीले प्रहरी टोलीले सोमवार शर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए।

शर्माले २०६६ साल कात्तिक २७ गते राति ९ बजेको समयमा साविक कालाफाँटा गाविस वडा नं. ३ र हाल नरैनापुर गाउँपालिका वडा नं. ३ की एक ७ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको एसपी रानाले बताए।

बाँके जिल्ला अदालतले २०६८ साल असार ३१ गते शर्मालाई दोषी ठहर गर्दै १० वर्ष कैदको फैसला सुनाएको थियो। त्यसपछि शर्मा फरार रहँदै आएका थिए। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार