करिब ३३ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद

मोरङ । अवैध भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा भण्डारण गरेको करिब ३३ लाख रुपैयाँ बराबरको ३ हजार २ सय ८३ पीस सर्ट, २३ पीस जम्फर र ३५ पीस पाईन्ट बिराटनगर महानगरपालिका-७ जलजला चोकस्थित तरुण कुमार साह (रौनियार)को गोदामबाट बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बरामद गरेको उक्त कपडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा पठाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार