भक्तपुरको चाँगुनारायणमा एक महिला मृतावस्थामा फेला

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा अन्दाजी ३६ वर्षीया महिला मृतावस्थामा फेला परेकी छिन् ।

काभ्रे घर भएकी अन्तरीमाया थिङ चाँगुनारायण–४ फुलबारी स्थित डेरामा मृत फेला परेकी महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए ।

काठमाडौंमा मजदुरी गर्ने अन्तरीमायाले अत्यधिक मापसे गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शरीरमा चोटपटक नदेखिएको र मृत्युको यकिन कारण खुल्न नसकेको एसएसपी थापाले बताए । उनी बस्ने घरमा बस्ने केही व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिहेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार