झापामा पिकअप भ्यान दुर्घटना:एकको मृत्यु, ५ घाइते

झापा । झापाको पाडाजुँगी–गौरीगन्ज सडक खण्डअन्तर्गत कमल गाउँपालिकस्थित गेउरीयामा पिकअप भ्यान दुर्घटना हुँदा एकको मृत्यु भएको छ, भने पाँचजना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुका अनुसार दुर्घटनामा दमक नगरपालिका ९ का ५५ वर्षीय मंगल चौधरीको मृत्यु भएको र अन्य पाँचजना घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ, भने चालक रोहन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उनलेबताए । मार्बल लिएर पाडाजुँगीबाट गौरीगन्जतर्फ हिडेको मे१ च ६४९७ नम्वरको पिकअप भ्यान अचानक टायर खुस्किँदा दुर्घटना परेको थियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार