नेपालगञ्जमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बाँके । नेपालगञ्जमा आइतबार एक ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १८ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

कोहलपुरबाट नेपालगञ्ज आएर नेपालगञ्जबाट फेरि कोहलपुरतर्फ फर्कने क्रममा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । लु ४ त ७३७२ नम्बरको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको हो ।

उक्त दुर्घटनामा छायाँनाथ रारा नगरपालिका वडा नम्बर १०, मुगुका ट्याक्टर चालक अन्दाजी २२ वर्षीय दिल बहादुर सिजुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुबास खड्काले जानकारी दिए । सिजुवालको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार