सुर्खेतका १७ शिक्षकलाई कोरोना संक्रमण पुष्टि

सुर्खेत । सुर्खेतमा एउटै विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो ।

‘आइतबार आएको रिर्पोटमा जिल्लास्थित १७ जना शिक्षकलाई लक्षणसहितको संक्रमण देखिएको छ,’ जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले भने, ‘उहाँहरु होम आशोलेनमा हुनुहुहन्छ, अवस्था सामान्य नै छ ।’

पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माद्यामिक विद्यालय, पलैटेका ११ जना शिक्षकमा संक्रमण देखिएको नगर स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीले बताए । विद्याज्योती माद्यामिक विद्यालय बाबियाचौरका दुईजना शिक्षकलाई पनि संक्रमण देखिएको छ ।

नगर स्वास्थ्यशाखा प्रमुख पुरीका अनुसार दुई विद्यालयका ३९ जना शिक्षकको पीसीआर परिक्षण गर्दा १३ जना शिक्षकको रिर्पोट पोजेटिभ आएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि शिक्षकहरुको पीसीआर परिक्षण गरिएको थियो ।

सुर्खेतकै गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका दुईजना र जनसेवा आधारभुत विद्यालयका एकजना शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ । नगर शिक्षा प्रमुख पदम विकका अनुसार शिक्षकहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरिएको थियो ।

अर्का संक्रमित शिक्षक वीरेन्द्रनगर नगरपालिकाकै हुन्, तर शिक्षकको पूरा विवरण आइनसकेको जिल्ला जनस्वास्थ्य प्रमुख वाग्लेले अनलाइनखबरलाई बताए ।

धमाधम बन्द भए विद्यालय

पालिकाले प्रत्यक्ष सिकाइ सहजीकरण निर्देशिकाले तोके बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई अनुमति दिएको थियो । त्यसअनुसार तिहारपछि धेरैजसो विद्यालयहरु खुलेका थिए ।पछिल्लो समय शिक्षकहरुमा कोरोना भाइरसको संक्रमण देखिपछि भने विद्यालय बन्द भएका छन् ।

गुर्भाकोट नगरपालिकाका विद्यालयहरुमा मंसिर पहिलो साताबाट पठनपाठन सुरु भएको थियो । तर, शिक्षकहरुमा संक्रमण देखिन थालेपछि विद्यालय बन्द गरिएको नगर शिक्षा प्रमुख पदम विकले बताए । ‘शिक्षकहरु संक्रमित भएका विद्यालयहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेका छौं,’ नगर शिक्षा प्रमुख विकले भने, ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरेर रिर्पोट अनुसार खोल्नेरनखोल्ने पछि निर्णय लिन्छौं ।’

पञ्चपुरी नगरपालिकले पनि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्क्रिनिङ गरी स्थिति सामान्य अवस्थामा ल्याउन एकसाता शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । स्वाब संकलन गरिएका व्यक्तिहरुको रिपोर्ट नआउँदासम्म अनिवार्य रुपमा आइसोलेसनमा बस्न आग्रह गरेको शिक्षा शाखा प्रमुख तुल्सी केसीले बताइन् । अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार