शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा आगलागी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ स्थित शान्तिनगरमा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ । ग्यास लिक भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

सुरुमा एउटा घरबाट सल्किएको आगो अन्य घरमा पनि फैलिएको छ । केहीबेर अघिबाट शुरू भएको आगो निभाउन प्रयास भइरहेको बस्नेतले बताए । दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार