देशभर थपिए ८२१ कोरोना संक्रति , १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८ सय ४२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ भने हाल देशभर १० हजार ९ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय १६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार