वरुण हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । वरुण हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले बोनजस सेयर दिने निर्णय गरेको हो ।

वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै, कम्पनीले लाभांश अनुमोदन गर्न पुस २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरेको छ । सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया अघि बढ्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ६३ लाख ५० हजार रुपैयाँ नाफा कायम भएको छ । बरुणको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ६ रुपैयाँ ३६ पैसा रहेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार