टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको चोभारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

कीर्तिपुर नगरपालिका-६ को चोभारमा सोमबार राति दुर्घटना भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए।

बा ४ ख ४५६५ नम्बरको टिपरको ठक्करबाट स १० प ४९१३ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो। मृतक खोटाङको च्याङसीटार-५ बस्ने २४ वर्षीय सरोज राई छन्। त्यस्तै प्रहरीले टिपर चालक रौतहट चन्द्रपुरका कुलबहादुर स्याङ्बालाई पक्राउ गरेको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार