मेगा बैंकको १३.०५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मेगा बैंकले १३.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट मेगा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश सहित उक्त दिने जनाएको हो ।

बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको १३ अर्ब ३२ करोड चुक्ता पुँजीबाट सो लाभांश वितरण गर्न लागेको हो । यो घोषणा अनुसार बैंकले १ अर्ब ३३ करोड रुपैयाँ बराबरको बोनस सेयर तथा ४० करोड ६३ लाख बराबरको नगद लाभांश वितरण गर्नेछ । यो लाभांश वितरणपछि सो बैंकको १४ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

यस बैंकले गत वर्ष सेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गरेको थियो । त्योभन्दा अघिल्लो वर्ष १ प्रतिशत मात्रै बोनस सेयर दिएको बैंकले यस वर्ष भने १० प्रतिशत बोनस सेयरसहितको लाभांश दिने भएको हो । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार