दरका बुढाथोकी खोला किनारमा मृत भेटिए

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –३, दरका केश बहादुर बुढाथोकी स्थानीय दरखोला किनारमा मृत भेटिएका छन् । अन्दाजी ४६ बर्षिय बुढाथोकी मुनादेखी मुदी जाने गोरेटो बाटो देखी केही तल दरखोलाको किनारमा विहिबार मृत अवस्थामा फेला परेको घटना स्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिनुभयो । खोला किनारमा बुढाथोकीलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

‘मुनादेखी मुदी जाने गोरेटो बाटो देखी केही तल दरखोलाको किनारमा धवलागिरी गाउँपालिका वडा नम्बर ३ दरका अन्दाजी ४६ बर्षिय केश बहादुर बुढाथोकी मृत भेटिएका छन् ’–उहाँले भन्नुभयो ,‘अहिले रातको समय भएकोले शव घटना स्थलमा राखिएको छ । र ,शव उठाएपछि घटना बारे थप अनुसन्धान अगाडी बढ्नेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार